शनिबार, बैशाख ५,२०८३ 09:02:15
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:02:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन् सन् २०२४ मा सर्वाधिक कमाउने र गुमाउने विश्वका शीर्ष धनाढ्य

Bizshala
यी हुन् सन् २०२४ मा सर्वाधिक कमाउने र गुमाउने विश्वका शीर्ष धनाढ्य
Shivam Cement

काठमाण्डौ । सन् २०२४ विश्वका धनाढ्यका लागि विशेष रह्यो । यो वर्ष धेरैजसो धनाढ्यको सम्पत्तिमा वृद्धि देखिएको छ ।  

यो वर्ष अमेरिकी सेयर बजार एस एण्ड पी५०० २५ प्रतिशतले बढ्यो । यस्तै नास्डक पनि यो वर्ष ३३ प्रतिशतले बढ्यो । यी बजारमा सूचीकृत कम्पनीका मालिकहरुले यो वर्ष राम्रो आर्जन गरेका छन् ।  

ब्लूमबर्ग बिलिनियर्स इ्रन्डेक्सका अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति बढेका शीर्ष ५ धनाढ्यको सम्पत्ति एक वर्षको अवधिमा ५४२ अर्ब डलरले बढेको छ । यी सबै ५ जना धनाढ्यहरु टेक सेक्टरका हुन् । एआईको बढ्दो प्रभाव र अमेरिकी निर्वाचनपश्चात यी कम्पनीहरुको सेयरमूल्य नयाँ उचाईमा पुगेका छन् ।  

यी हुन् यो वर्ष सर्वाधिक कमाउने  

एलन मस्कः  

यो वर्ष एलन मस्कको सम्पत्ति झण्डै दोब्बरले बढेको छ । एलन मस्क अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि मस्कको सम्पत्तिमा व्यापक उछाल आएको छ । हाल उनको सम्पत्ति ४६८ अर्ब बिलियन डलर रहेको छ । निर्वाचनपश्चात मात्रै मस्को सम्पत्ति २०० अर्ब डलरले बढेको छ । समग्रमा यो वर्ष उनको सम्पत्ति २३९ अखर्ब डलरले बढेको छ ।  

टेस्ला र स्पेसएक्सको सेयरमूल्यमा आएको उछालका कारण मस्कको सम्पत्तिमा वृद्धि देखिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मार्क जुकरबर्ग  

यो वर्ष मार्क जुकरबर्गको सम्पत्ति ८५ अर्ब डलरले बढेको छ । मेटा कम्पनीका सीईओ रहेको जुकरबर्गको कुल सम्पत्ति २१३ अर्ब डलर रहेको छ । मेटामा उनको १३ प्रतिशत स्वामित्व रहेको छ । उनी कम्पनीको सबैभन्दा ठूला व्यत्तिलगत सेयरहोल्डर हुन् ।  

यो वर्ष मेटाको सेयरमूल्य ७० प्रतिशतले बढेको छ ।  

जेनसेन हुवाङ

एनभिडियाका सह–संस्थापक तथा सीईओ जेनसेन हुवाङको सम्पत्ति यो वर्ष मात्रै ७८ अर्ब डलरले बढेको छ । उनको कुल सम्पत्ति १२२ अर्ब डलर रहेको छ ।  

कम्पनीमा उनको ३.५ प्रतिशत स्वामित्व रहेको छ । यो वर्ष एनभिडियाको सेयरमूल्य १७५ प्रतिशतले उकालो लागेको छ । एआई चिप उद्योगको दबदबाका कारण कम्पनीको सेयरमूल्यमा यो वर्ष उछाल देखिएको हो ।  

CG Motors
Garima Development Bank
IME remit

ल्यारी इलिसन

ल्यारी इलिसनको सम्पत्ति यो वर्ष ७० अर्ब डलरले बढेको छ । कुल १९८ अर्ब डलर सम्पत्तिका मालिक ल्यारी ओर्याकलको संस्थापक र प्रमुख टेक्नोलोजी अफिसर हुन् ।  

यो वर्ष ल्यारीको कम्पनीको सेयरमूल्य ६० प्रतिशतले बढेको छ । ल्यारीसँग टेस्लाको १ प्रतिशत सेयर समेत रहेको छ । जसको बजार मूल्य २० अर्ब डलर रहेको छ ।  

जेफ बेजोस

यो वर्ष जेफ बेजोस ६९ अबं डलरले थप धनी भएका छन् । उनको कुल सम्पत्ति २४६ अर्ब डलर रहेको छ ।  

अमेजनका संस्थापक बेजोसको कम्पनीमा ९ प्रतिशत स्वामित्व रहेको छ । यो वर्ष अमेजनको सेयरमूल्य ४५ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने धनाढ्य

बनार्ड अर्नाल्ड  

लक्जरी कम्पनी एलभीएमएचका सीईओ बनार्ड अर्नाल्डका लागि यो वर्ष सर्वाधिक खराब रह्यो । उनले यो वर्ष ३१ अर्ब डलर गुमाए ।  

यससँगै उनको सम्पत्ति १७६ अर्ब डलरमा सीमित भएको छ । कम्पनीमा उनको ४८ प्रतिशत स्वामित्व रहेको छ ।  

फ्रेनकोइस बेटनकोर्ट मेयर्स

एल ओरियलकी मालिक मेयर्स विश्वकै दोस्रो धनाढ्य महिला हुन् । उनको कुल सम्पत्ति ७५ अर्ब डलर रहेको छ । चीनमा बिक्री प्रभावित भएसँगै कम्पनीले यो वर्ष संघर्ष गुर्न परेको छ । यो वर्ष कम्पनीको सेयरमूल्य २६ प्रतिशतले घटेको छ ।  

जसका कारण मेयर्सको सम्पत्ति २५ अर्ब डलरले घटेको छ ।  

कार्लोस स्लिम

मेक्सिकोका धनाढ्य कार्लोस स्लिमको कुल सम्पत्ति ८२ अर्ब डलर रहेको छ । अमेरिकी टेलिकम्युनिकेशन कम्पनी मोभिलको सेयरमूल्यमा आएको गिरावटका कारण यो वर्ष स्लिमको सम्पत्ति २३ अर्ब डलरले घटेको छ ।  

कोलिन हुवाङ

फेसन कम्पनीका मालिक कोलिनको सम्पत्ति यो वर्ष १भ्७ अर्ब डलरले घटेको छ । यससँगै उनको सम्पत्ति ३५ अर्ब डलरमा सीमित बनेको छ ।  

उनको कम्पनीको सेयरमूल्य यो वर्ष ३० प्रतिशतले घटेको छ ।  

फ्रान्कोइस पिनाउल्ट

लक्जरी ब्राण्डका मालिक फ्रान्कोइस पिनाउल्टको सम्पत्ति पनि यो वर्ष १४ अर्ब डलरले घटेको छ । उनी २२ अर्ब डलरका मालिक हुन् । यो वर्ष उनको कम्पनीको सेयरमूल्य ४० प्रतिशत।ले घटेको छ ।    

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.