काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।
कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                