शनिबार, फाल्गुन १०,२०८१ 08:21:27
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:21:27
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकले भन्यो-'निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू'

Hyundai Nepal
राष्ट्रबैंकले भन्यो-'निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू'
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्था सवल रहेका र यहाँ सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै ढुक्कसँग कारोबार गर्न आह्वान गरेको छ ।  

पछिल्लो समयमा उत्पन्न असहज परिस्थिति र केही अराजक समूहको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ–‘बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको उल्लेख गरिएको छ । पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको र कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.