काठमाण्डौ । आज काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा केही समय भूकम्पको धक्का महसुस भएको हो ।
काठमाण्डौसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जनाइएको छ ।
भूकम्पको धक्काले सर्वसाधारण सडकमा निस्किएका छन् ।
७ म्याग्निच्युडको यो भूकम्प चीन केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।