रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी समेत विस्फोट
काठमाण्डौ । रुसमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्र पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा जमिनभन्दा ५० किलोमिटर भुकम्प गएको हो । शक्तिशाली भुकम्पका कारण पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २८० माइल टाढा रहेको सिभेलुच नामक ज्वालामुखी विस्फोट भएको छ । तटीय शहर पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा करिब १ लाख ८० हजार मानिसको बसोवास रहेको छ ।