काठमाण्डौ । रुसमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्र पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा जमिनभन्दा ५० किलोमिटर भुकम्प गएको हो ।
शक्तिशाली भुकम्पका कारण पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २८० माइल टाढा रहेको सिभेलुच नामक ज्वालामुखी विस्फोट भएको छ । तटीय शहर पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा करिब १ लाख ८० हजार मानिसको बसोवास रहेको छ ।
ज्वालामुखी विस्फोटका कारण उत्पन्न खरानी र धुँलोको मुस्लो ८ किलोमिटर माथिसम्म पुगेको रिपोर्टमा जनाइएको छ । यो प्रायद्वीप ‘रिङ अफ फायर’ भनेर चिनिने प्रशान्त महासागरको अधिकांश भूभागको वरिपरि भूकम्पीय रूपमा सक्रिय बेल्टमा अवस्थित छ र दुई दर्जनभन्दा बढी सक्रिय ज्वालामुखी रहेका छन् ।
यो घटनामा अहिलेसम्म कुनै पनि व्यक्ति हताहत भएका छैनन् । सम्भावित दुर्घटनाबाट बच्नका लागि थुप्रै भवनहरुलाई खालि गराइएको छ ।
रुसको आपतकालिन मन्त्रालयले भुकम्पका कारण सुनामीको चेतावनि भने दिएको छैन । यसअघि अमेरिकाको सुनामी चेतावनि प्रणालीले भने सुनामीको चेतावनि दिएको थियो ।
शक्तिशाली भुकम्पपछि थुप्रै साना–साना कम्पनहरु समेत मापन गरिएको छ ।