काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हरिहर भवन, ललितपुरमा पुस २८ गते आइतबार सम्पन्न भएको हो ।
सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आव २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
हाल संस्थाको कूल निक्षेप रु.८अर्ब ३५ करोड र कर्जा रु.५ अर्ब ८४ करोड रहेको छ ।
यस संस्थाले हाल Chip Based Debit Card, SMS Alert, E-Banking, ECC, Mobile Banking, Safe Deposit Locker, Top up facilities, विप्रेषण सेवा, DP, C-ASBA, QR Teller लगायतका सेवाहरु प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा रु.५ लाखसम्मको निक्षेप बीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।