आईतवार, बैशाख ६,२०८३ 12:41:26
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 12:41:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन् २०२५ मा घुम्नैपर्ने विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा

Bizshala
सन् २०२५ मा घुम्नैपर्ने विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा
Shivam Cement

काठमाण्डौ । नेपालको लुम्बिनी यो वर्ष घुम्नैपर्ने विश्वका उत्कृष्ठ ५२ गन्तव्यभित्र परेको छ । अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालको लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ५२ गन्तव्यको सूचीभित्र समावेश गरेको हो । न्यूयोर्क टाइम्सले बुद्ध जन्मस्थल तथा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र लुम्बिनीलाई यो वर्ष घुम्नै पर्ने ५२ सूचीमध्ये नवौं स्थानमा राखेको छ ।  

‘हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा प्रवेश गरी बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । लुम्बिनी, वर्तमान नेपालको, पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरूले भरिएको तीर्थस्थल भएको छ। र विनाशकारी भूकम्पको १० वर्षपछि, नयाँ मन्दिर र ध्यान केन्द्रहरू खुल्दैछन्,’ पत्रिकाले लेखेको छ ,‘नोभेम्बरमा उद्घाटन गरिएको, हजार बुद्ध मन्दिर तीन तहको, तिब्बती शैलीको संरचना हो जसमा तीन वटा १६ फिटको सुनौलो बुद्ध मूर्तिहरू र १ हजार भन्दा बढी अन्य बुद्ध मूर्तिहरू छन्।’  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस वर्ष, लुम्बिनीमा ध्यान र प्रदर्शनी कोठाहरू सहितको कार्बन–न्युट्रल, कमल आकारको ‘इण्डिया इन्टरनेशल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ भवन अनावरण हुने जनाइएको छ ।  यस्तै छैटौं शताब्दी ईसापूर्वदेखि युनेस्कोले सूचीकृत मन्दिर साइट रामग्राम स्तूपामा पनि जीर्णोद्धार कार्य सुरु हुने र लुम्बिनीबाट करिब ३० माइल इटालियन आर्किटेक्ट स्टेफानो बोइरीले पुनर्स्थापना डिजाइन योजना प्रदान गरेको जनाइएको छ ।  

लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । सन् २०२४ मा भारतसहित १ सय १२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.