काठमाण्डौ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाहबाट २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँबराबरको राजश्व संकलन भएको हो ।
यो रकम कूल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत हो । गत साउन महिनामा यो बन्दरगाहबाट ३ अर्ब ७५ करोड २२ लाख राजस्व संकलन भएको थियो । त्यस्तै भदौ महिनामा ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा ४अर्ब ३६ करोड ४५ लाख, कात्तिकमा ३ अर्ब ७९ करोड २९ लाख र रुपैयाँ राजश्व संकलन भएको थियो ।
त्यस्तै मंसिर महिनामा ३ अर्ब २२ करोड ८४ लाख र पुस महिनामा ३ अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।