वीरगञ्ज नाकाबाट ४३ अर्ब ८६ करोडले बढ्यो आयात, राजश्व संकलनमा समेत वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म वीरगञ्ज नाकाबाट २ खर्ब ८४ अर्ब ८९ करोडबरारको वस्तु तथा सामान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो । गत आवको कात्तिकसम्म भने २ खर्ब ४१ अर्ब ३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

