मंगलवार, श्रावण १९,२०८३ 12:33:02
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:33:02
Bizshala
Global IME Bank Limited

वीरगन्ज नाका हुँदै आयात वृद्धि, राजश्व संकलन १.७७ खर्ब

वीरगन्ज नाका हुँदै आयात वृद्धि, राजश्व संकलन १.७७ खर्ब
New Office

काठमाण्डौ । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वस्तु तथा सामान आयात बढेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा रु. ६ खर्ब ९४ अर्ब ५ करोडबराबरको आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रु. ६ खर्ब १३ अर्ब ६१ करोडको आयात भएको थियो।

आयात संरचनालाई हेर्दा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा रहेको छ। चालु आवमा मात्र रु. १ खर्ब ४८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो । यस्तै, फलाम तथा फलामजन्य सामग्री, भटमासको कच्चा तेल, मेसिनरी तथा पार्टपुर्जा र इलेक्ट्रिक उपकरणको आयात पनि बढेको छ।

नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । यस्तै ५० अर्ब ४० करोड रुपैयाँको  भटमासको कच्चा तेल, ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा र ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको छ ।      

अर्कोतर्फ, आयातसँगै राजस्व संकलन पनि सन्तोषजनक देखिएको छ। चालु आवको नौ महिनामा भन्सार कार्यालयले रु. १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व उठाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.