सोमबार, चैत्र १८,२०८१ 09:30:16
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 09:30:16
IME remit
Global IME Bank Limited

कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो

Hyundai Nepal
कुमारी बैंकद्वारा २७.५७ करोड खुद नाफा आर्जन, निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८.२० प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ८६ करोड ७२ लाख रुपैयाँ थियो ।    

बैंकले नाफासँगै खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७.१९ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकको सञ्चालन मुनाफामा पनि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा घटेर ७२ करोड १५ लाखमा झरेको छ ।  

यो अवधिसम्म बैंकले १५ अर्ब २६ करोड रुपैयाँबराबरको रिजर्भ गरेको छ । बैंकको रिटेन्ड अर्निङ भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ ।  

निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब ६८ अर्बबाट बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको वितरणयोग्य मुनाफा भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशतबाट बढेर ६.९६ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)६.६१ रुपैयाँबाट घटेर २.१० रुपैयाँमा खुम्चिएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९९.५२ गुणा र तरलता अनुपात ३०.६१ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.