शुक्रबार, चैत्र १५,२०८१ 05:16:10
IME remit
  • शुक्रबार, चैत्र १५,२०८१ 05:16:10
IME remit
Global IME Bank Limited

ब्याज आम्दानीमा सुधार नआउदा एक्सेल डेभलपमेन्ट बैंकको घाटा अझै बढ्यो, खराब कर्जा अनुपात कति ?

Hyundai Nepal
ब्याज आम्दानीमा सुधार नआउदा एक्सेल डेभलपमेन्ट बैंकको घाटा अझै बढ्यो, खराब कर्जा अनुपात कति ?
Nabil Bank Limited

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको खुद ब्याज आम्दानीमा गिरावट आउदा घाटा झनै बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंक ९ करोड ५ लाख रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ६ करोड ९९ लाख रुपैयाँ घाटामा थियो ।  

बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले १९ करोड ६४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकको खुद ब्याज शुल्क तथा कमशिन आम्दानी पनि २४ करोड २५ लाखबाट घटेर २३ करोड ३१ लाख रुपैयाँमा झरेको छ । यो अवधिमा बैंकले २० लाख २० हजार रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवमा १६ करोड १६ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज बढेर १७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको रिटेन्ड अर्निङ ८ करोड ७७ लाख ऋणात्मक र रिजर्भको आकार ८० करोड १४ लाख रुपैयाँ धनात्मक रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै बैंकको वितरणयोग्य मुनाफा ८ करोड ७७ लाख रुपैयाँले ऋणात्मक र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १४.०४ रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपात समेत बढेको छ । खराब कर्जा अनुपात ४.७० प्रतिशतबाट बढेर ८.५६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१४.४९ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १५७.८४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३८३ रुपैयाँ, पीई अनुपात ४०.३७ गुणा र तरलता अनुपात २८.९९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.