ब्याज आम्दानीमा सुधार नआउदा एक्सेल डेभलपमेन्ट बैंकको घाटा अझै बढ्यो, खराब कर्जा अनुपात कति ?
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको खुद ब्याज आम्दानीमा गिरावट आउदा घाटा झनै बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंक ९ करोड ५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ६ करोड ९९ लाख रुपैयाँ घाटामा थियो । बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले १९ करोड ६४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।...