काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई दिईरहेको बैकिङ सेवालाई थप प्रभावकारी बनाउन दमक शाखाबाट सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । शुक्रवार आयोजित सो सेवाको शुभारम्भ दमकका उद्योगी एवं व्यावसायी बलराम पराजुलीबाट भएको बैंकले जनाएको छ ।
सेवाग्राहीको माग बमोजिम लकर सेवा सुरु गरिएको शाखाका प्रबन्धक चन्द्रमणी चौलागाईंले जानकारी दिए ।
हाल बैंकको बिर्तामोड, चन्द्रगढी र दमक शाखाबाट लकर सेवा सञ्चालनमा आएको छ । यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गरगहना, तथा वित्तीय वा कानुनी कागजात र अन्य मूल्यवान बस्तुहरु सहज र सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सकिने बैंकले जनाएको छ ।