बिहीबार, असार ११,२०८३ 05:47:39
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:47:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खुद ब्याज आम्दानीसँगै घट्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा धनात्मक बन्यो

Laxmi Sunrise Bank Limited
खुद ब्याज आम्दानीसँगै घट्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा धनात्मक बन्यो

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा संकुचन आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा ५.९६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानी १.१२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले ५५ करोड १३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।  

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने ७६ करोड ८७ लाखबाट बढेर ८ करोड २७ लाख पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आवमा १ करोड १७ लाख रुपैयाँ बैंकको वितरणयोग्य मुनाफा २ करोड ६० लाखले धनात्मक बनेको छ । बैंकको लाभांश क्षमता २.०९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ०.९४ प्रतिशतले ऋणात्मक थियो ।  

चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ६.१६ प्रतिशतबाट बढेर ६.७१ प्रतिशत पुगेको छ । यस अवधिका लागि बैंकले १७ करोड २९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ ।  

यसैगरी बैंकको निक्षेप संकलन भने १४ अर्ब ७६ करोडबाट बढेर १६ अर्ब ४९ करोड पुगेको छ । कर्जा प्रवाह समेत १० अर्ब ८३ करोड रुपैयाँबाट बढेर १२ अर्ब १० करोड पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ३.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६७.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३३.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९८.६० र तरलता अनुपात ३२.२९ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.