काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुसिबु शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिको खुसिबुमा रहेको शाखा कार्यालय हालको स्थानबाट ९० मिटर पश्चिममा माघ २० गते स्थानान्तरण गर्न लागेको हो ।
बैंकले शाखा कार्यालयसँगै लकर समेत स्थानान्तरण गर्न लागेको जनाएको छ । उक्त शाखा कार्यालयको लकरमा रहेको ग्राहकहरुको टुटफुट हुने सामानहरु माघ १८ गतेभित्र लकर रहेको शाखामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सम्पर्क राखि सामानहरु सुरक्षित गर्न बैंकले आग्रह गरेको छ ।
अन्यथा लकर स्थानान्तरण गर्दा लकरमा भएका सामानहरुमा कुनै क्षति भएमा बैंक जिम्मेवार नहुने सूचनामा उल्लेख गरिएको छ ।