नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा एसएमई कर्जा योजना सार्वजनिक, आकर्षक ब्याजदरमा पाइने
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।

