नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी आएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ ।बैंकको खुद ब्याज आम्दानी पनि १२.८२ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ...

