काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘ ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत ९गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(चैत १५ गते) नेप्से र बैंकबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। सूचीकरण भएसँगै आइतबारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।