सोमबार, श्रावण १८,२०८३ 03:36:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:34
Bizshala
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?
New Office

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेतापनि इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६४.४४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा बैंकले १४ अर्ब १२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५४ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमीशन आम्दानी १ अर्ब ७७ करोड रुपैयाँबाट बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ५८.६७ प्रतिशतले बढेर १० अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको रिजर्भको आकार ३२ अर्ब ७४ करोड रुपैयाँबराबर रहेको छ ।  

बैंकको निक्षेप संकलन १७.०९ प्रतिशतले बढ्दै ४ खर्ब ७२ अर्ब र कर्जा प्रवाह पनि ७.०२ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा ४९ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । यस्तै बैंकको लाभांश क्षमता १.४४ प्रतिशत पुगेको छ ।  

अघिल्लो आवमा ४.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.८५ प्रतिशत कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ५७ करोड ४४ लाख रुपैयाँले रिभर्सल भएको छ ।    

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५७ रुपैयाँ र पीई रेसियो ११.६७ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.