काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।