काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १ गते देखि निष्कासन गरेको ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।
यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।