काठमाण्डौ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत फागुन १ गतेदेखि ४ गतेसम्म जारी गरेको ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ नामक ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले रितपूर्वक आवेदन दिएकाहरुलाई फागुन १० गते ऋणपत्र बाँडफाँड गरेको हो ।
निष्कासन गरिएको कुल ४० लाख ४० हजार इकाइमध्ये २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरिएको थियो ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।