एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत चैत २५ गतेदेखि २८ गतेसम्म जारी गरेको ५ अर्ब रुपैयाँबराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो । रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।