सोमबार, असार २,२०८२ 02:12:06
  • सोमबार, असार २,२०८२ 02:12:06
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र खुद ब्याज आम्दानी वृद्धि, ईपीएस कति ?

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र खुद ब्याज आम्दानी वृद्धि, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म बैंकले खुद मुनाफा आर्जनमा ७.५२ प्रतिशतको सुधार गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको समीक्षा अवधिसम्म भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  

बैंकको खुद ब्याज आम्दानी पनि ४१.५३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ३ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको कर्मचारी खर्च २ अबए ६९ करोड ऋणात्मक र अन्य सञ्चालन खर्च १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिटेन्ड अर्निङ ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक र रिजर्भको आकार २९ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । बैंकको निक्षेप संकलन १३.८२ प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।  कर्जा प्रवाह पनि ३ खर्ब २ अर्बबाट बढेर ३ खर्ब १२ अर्ब पुगेको छ ।  

बैंकको खराब बर्जा अनुपात भने बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म ३.९४ प्रतिशत रहेको बैंकको खराब बर्जा अनुपात बढेर ४.६६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयाँबाट घटेर १२.८० रुपैयाँमा सीमित बनेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १६६.८८ रुपैयाँबाट बढेर १७२.५७ रुपैयाँ पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.