काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवमा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने ३६.५९ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा संकुचन देखिएसँगै नाफा घट्न पुगेको हो । अघिल्लो आवमा १४ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको यो बैंकले गत आवमा भने १२ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यसर्थमा बैंकको यस्तो आम्दानी ८.५५ प्रतिशत घटेको छ ।
ब्याजबाट हुने आम्दानी घटेपनि बैंकको कमिसन आम्दानीमा भने सुधार देखिएको छ । अघिल्लो आवमा २ अर्बक २० करोड रुपैयाँ कमिसन आम्दानी गरेको यो बैंकले गत आवमा भने १.४३ प्रतिशत सुधार गरी २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
साथै बैंकको सो अवधिसम्म इम्पेयरमेन्ट चार्ज ६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा भने यस्तो अवस्था ४ अर्ब ३७ क रोड ५३ लाख रुपैयाँ ऋणात्मक थियो ।
गत आवमा बैंकको इपीएस ८.०५ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको इपीएस १२.६९ रुपैयाँ थियो । साथै बैंकको प्रतिसेयर नेटवर्थ २००.७५ रुपैयाँ, पीई रेसियो २२.३६ रुपैयाँ, आरओई ४.१५ प्रतिशत रहेको छ ।
यसका साथै बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ८.६६ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात १२.२७ प्रतिशत, सीडी रेसियो ६८.१७ प्रतिशत, स्प्रेड दर ३.१५ प्रतिशत, बेस रेट ४.६४ प्रतिशत र कस्ट अफ फण्ड ३.१८ प्रतिशत रहेको छ ।
३४ अर्ब भन्दा बढी चुक्तापूँजी रहेको यो बैंकको रिटेन्ड अर्निङ ४ अर्ब २२ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा ३८ अर्ब ६० करोड ७८ लाख रुपैयाँ संचित रहेको छ ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ८ क रोड ७५ लाख रुपैयाँ ऋणात्मक छ । यसर्थमा बैंकको लाभांश क्षमता समेत १४.९१ प्रतिशत ऋणात्मक अवस्थामा छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।