काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस ७ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
सञ्चालक समितिको ६२९ औं बैठकले आव २०८१/८२ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८१ साउन १ गतेदेखी २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसुचिहरु पारित गरी बैंकको ३९ औं साधारण सभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश दिएको थिएन ।

