सोमबार, श्रावण १८,२०८३ 04:34:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:02
Bizshala
Global IME Bank Limited

सामुदायिक लघुवित्तको घाटामा ७२% को कमी, खराब कर्जा अनुपात उल्लेख्य घटाउन सफल

सामुदायिक लघुवित्तको घाटामा ७२% को कमी, खराब कर्जा अनुपात उल्लेख्य घटाउन सफल
New Office

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा कम गर्न सफल भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ७२.८२ प्रतिशतले घाटा कम गरेको हो ।  

यससँगै समीक्षा अवधिसम्म संस्थाको घाटा १ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको घाटा ३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा १ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाले सम्भावित घाटाका लागि ८ करोड ७६ लाख रुपैयाँको व्यवस्था गरेको छ । १७ करोड ८ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिजर्भ कोषमा १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको निक्षेप ६२ करोड ४७ लाख र कर्जा प्रवाह १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १४.६५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.८९ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)१२.७३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०७.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५५.३२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३३.४० गुणा र तरलता अनुपात २३.८८ प्रतिशत कायम रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.