शुक्रबार, जेष्ठ १,२०८३ 11:50:33
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:50:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

म्युचुअल फण्डहरुको नाफा २६.४५%ले घट्यो, ५ वटा फण्ड घाटामा ,न्याभ कुनको कति ?

Laxmi Sunrise Bank Limited
म्युचुअल फण्डहरुको नाफा २६.४५%ले घट्यो, ५ वटा फण्ड घाटामा ,न्याभ कुनको कति ?
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफा २६।४५ प्रतिशतले घटेको छ । पुष महिनामा सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले समग्रमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

यो नाफा मंसिर महिनाको तुलनामा २६।४५ प्रतिशत कम हो । मंसिरमा फण्डहरुले ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

मंसिर महिनामा मेगा म्युचुअल फण्ड–१ र एनआइबीएल समृद्धि फण्ड–२ गरी दुईवटा फण्ड घाटामा रहेकोमा पुष महिनामा उक्त फण्डहरुसहित ५ वटा फण्ड घाटामा रहेका छन् ।  

Bizshala
New Office
CG Motors

बाँकी नाफा कमाएका ३८ वटा म्युचुअल फण्डको मुनाफा पनि मंसिर महिनाको तुलनामा घट्न पुगेको छ । सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ । बजारमा घटबढको उतारचढाव आउने बित्तिकै फण्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० र लगानीको अवस्था नै फेरबदल हुने अवस्था आउँछ ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुमा म्युचुअल फण्डहरुकै ठूलो लगानी रहने हुनाले सेयरबजारमा गिरावट आउँदा फण्डहरुको नाफा घट्ने वा खुम्चिने र बजारमा सुधारको संकेत देखिँदा नाफा पनि बढ्ने अवस्था देखिन्छ ।  

मंसिरको अन्तिमसम्म २६८१ विन्दुमा रहेको नेप्से परिसूचक पुष मसान्तसम्म ३।३९ प्रतिशतले घटेर २५९३ विन्दुमा कायम भएको छ । सेयरबजार ३ प्रतिशतले घटेसँगै म्युचुअल फण्डहरुको मुनाफा, न्याभ र लगानीको भ्यालु समेत घट्न पुगेको छ ।  

पुष महिनामा कुमारी सबल योजनासहित ५ वटा फण्डले घाटा ब्यहोरेका छन् । सर्वाधिक एनआइबीएल समृद्धि फण्ड–२ ले २१ करोड २७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, मेगा म्युचुअल फण्ड–१ ले ६ करोड ४८ लाख, सनराइज ब्लुचिप फण्डले २ करोड ७५ लाख, एनआइबीएल स्टेबल फण्डले २ करोड २६ लाख र कुमारी सबल योजनाले १ करोड ३८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कुनले कति नाफा कमाए ?

पुष महिनामा ३८ वटा म्युचुअल फण्ड नाफामा रहेपनि मंसिर महिनाको तुलनामा सबैको नाफा घटेको छ । सो अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा भने सानिमा इक्विटी फण्ड रहेको छ । फण्डले २० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा अघिल्लो महिनाको तुलनामा १।९३ प्रतिशत कम हो । मंसिरमा उक्त फण्डले २१ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै सिद्धार्थ इक्विटी फण्डले १७ करोड ८९ लाख, प्रभु सेलेक्ट फण्डले १६ करोड ८४ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १५ करोड २७ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १४ करोड ३८ लाख, नबिल ब्यालेन्स्ड फण्ड ३ ले १३ करोड ४८ लाख, एनएमबि ५० ले १२ करोड १२ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले ११ करोड ७१ लाख र सानिमा लार्ज क्याप फण्डले ११ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

सबै फण्डको न्याभमा गिरावट  

पुष महिनामा सबै फण्डहरुको न्याभ घटेको छ । न्याभको आधारमा लगानीकर्ताले आफ्नो लगानीको मूल्यको सहज मूल्याङ्कन गर्न सक्नेछन् । न्याभकै आधारमा फण्डको एसेस्ट भ्यालु थाहा हुने भएकाले लगानीकर्ताले आफ्नो सम्पत्तिको भ्यालु समेत पत्ता लगाउन सक्नेछन् ।  

सेयरबजार घटबढ् हुँदा फण्डहरुको न्याभमा पनि असर पर्दछ । पुष महिनामा सबैभन्दा धेरै न्याभ एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको रहेको छ । फण्डको न्याभ १२।१८ रुपैयाँ रहेको छ ।  

त्यस्तै, दोस्रो धेरै न्याभ प्रभु स्मार्ट फण्डको १२।०१ रुपैयाँ छ भने तेस्रो प्रभु सेलेक्ट फण्डको न्याभ ११।८५ रुपैयाँ छ ।  

सो अवधिसम्म सबैभन्दा थोरै न्याभ एनआइबिएल स्टेबल फण्डको ९।८३ रुपैयाँ र एनआइबिएल समृद्धि फण्ड–२ को न्याभ ९।९२ रुपैयाँ रहेको छ ।  

३५ वटा फण्डको लगानीको भ्यालु घट्यो  

पुष महिनामा ३५ वटा म्युचुअल फण्डको न्याभको भ्यालु घटेको छ भने ८ वटा लगानी भ्यालु बृद्धि भएको छ ।  

सेयरबजारमा उतारचढाव आउँदा फण्डहरुको लगानीको अवस्था समेत फेरबदल हुन सक्छ अर्थात् लगानीको भ्यालु नै घटबढ हुने अवस्था आउँछ ।

मंसिर महिनाको तुलनामा म्युचुअल फण्डहरुको लगानीको भ्यालु सामान्य घटेको छ । पुष महिनासम्म यस्तो फण्डहरुको रकम ३९अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो रकम मंसिर महिनाको तुलनामा १।२१ प्रतिशत कम हो । मंसिरमा फण्डहरुको लगानी भ्यालु रकम ४० अर्ब ३ करोड रुपैयाँ थियो ।  

सो अवधिसम्म सबैभन्दा धेरै लगानी रकम एनआइबीएल सहभागीता फण्डको रहेको छ । फण्डको लगानी भ्यालु रकम ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो महिनाको तुलनामा १५.७७ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रोमा एनएमबि सरल बचत फण्ड ई को लगानी भ्यालु रकम २ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने सिद्धार्थ इक्विटी फण्डको १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

सबैभन्दा धेरै लगानी रकम बढ्नेमा भने एनआइसी एशिया डायनामिक डेब्ट फण्ड रहेको छ । फण्डको लगानी भ्यालु रकम ३०.०३ प्रतिशतले बृद्धि भएको छ । 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X