आईतवार, फाल्गुन ११,२०८१ 02:45:01
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:45:01
IME remit
Global IME Bank Limited

बीओ टु बीओ अनलाइन बनाउने तयारी, उधारो कारोबारीलाई धक्का

Hyundai Nepal
बीओ टु बीओ अनलाइन बनाउने तयारी, उधारो कारोबारीलाई धक्का
Nabil Bank Limited

काठमाण्डौं । केही समयदेखि सेयर कारोबारलाई सहज र छिटोछरितो बनाउने क्रममा सीडीएससी लागेको छ । यसै क्रममा बीओ टु बीओ अर्थात एक डीपी खाताबाट अर्को डीपी खातामा सेयर हस्तान्तरण विधि पनि अनलाइन बनाउने तयारी सुरु भएको छ ।  

हाल एक लगानीकर्ताले २ वटा डीम्याट खाता खोल्नसक्ने प्रावधान छ । अर्थात २ ठाउँमा सेयर राख्न मिल्ने अवस्था छ । यसमा लगानीकर्ताले चाहेको अवस्थामा आफ्ना सेयर एउटै डीम्याटमा पनि लानसक्छन् । यसो गर्नका लागि अहिलेको कागजी प्रक्रियामा नयाँ डीपीमा सेयर हस्तान्तरण गर्न पुरानो डीपी वा ब्रोकरमा गएर त्यहाँको पत्र लिएर सीडीएसी जानुपर्ने प्रावधान रहेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसरी पुरानो ब्रोकरमा नै जाँदा ब्रोकरले आफ्नो हिसाब मिलान गरेको खण्डमा मात्रै सेयर हस्तान्तरणका लागि अनुमति दिनसक्छ । यही अवस्था अब यदि अनलाईन भएको खण्डमा उधारोमा सेयर कारोबार गर्नेले पुरानो ब्रोकरमा पैसा नतिरी नयाँ ब्रोकरमार्फत सेयर बिक्री गरेको खण्डमा पुरानो डीपी भएको ब्रोकरलाई ठूलै वित्तीय जोखिम निम्तिनसक्ने देखिन्छ ।  

कानूनी हिसाबले पैसा नतिरेका ग्राहकको खातामा सेयर हस्तान्तरण गर्नु डीपी वा ब्रोकरको आफ्नै कमजोरी हो । तर नेपालको अहिलेको सेयर कारोबार ९० प्रतिशत नै उधारो चलेको छ । सिधै बैंक इन्टिग्रेसन पनि छैन । त्यसैले ब्रोकरले आफ्नै ब्रोकरमा डीपी हुनेको हकमा केही पैसा अपुग भएको खण्डमा सेयर बेचेर हिसाब मिलान गर्ने शर्तमा सेयर हस्तान्तरण गर्ने गरेका छन् ।  

तर बीओ टु बीओ अनलाईन ब्यबस्था आएको खण्डमा अनलाईनमार्फत नै सेयर हस्तान्तरण हुने भएकोले ब्रोकरले जोखिम लिनसक्ने अवस्था बन्दैन । ‘यस हिसाबले हेर्दा बीओ टु बीओलाई राम्रै मनशायले सीडीएससीले अनलाइन बनाउन खोजेको भएता पनि अहिले नै व्यवहारिक रुपमा सहज भने देखिन्न।’ एक ब्रोकरले भने ।  

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रवक्ता फणिन्द्र ढकालले पनि यो विषय अहिले नै व्यवहारिक रुपमा कठिन हुनसक्ने बताए । उनले भने–‘हामीले पनि भर्खर थाहा पाएका छौं । ब्रोकरहरु पनि डीपी र सीपी मेम्बर भएका कारण सीडीएससीसँग छलफल गर्छौ ।’  

सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले लगानीकर्ताको सहजताका लागि नै बीओ टु बीओ अनलाइन गर्न खोजेको बताए । व्यवहारिक रुपमा यदि कुनै कठिनाई हुने देखिएमा छलफल गर्न सकिने उनको भनाई छ ।  

लगानीकर्ता टेकेन्द्र थपलियाले बीओ टु बीओ अनलाइन भएपछि सेयर कारोबार पूरै पैसा बुझाएपछि मात्र हुने अवस्था बन्ने बताए । उनले थपे–‘यसले हालको सेयर कारोबारलाई पनि ठूलै असर गर्छ । अर्बको कारोबार अब करोडमा मात्रै सीमित हुनसक्छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.