सोमबार, असार २,२०८२ 10:16:53
  • सोमबार, असार २,२०८२ 10:16:53
Global IME Bank Limited

जीवन विकास लघुवित्तद्वारा २०.५४ करोड खुद नाफा आर्जन, कस्ता छन् अन्य वित्तीय सूचक ?

Hyundai Nepal
जीवन विकास लघुवित्तद्वारा २०.५४ करोड खुद नाफा आर्जन, कस्ता छन् अन्य वित्तीय सूचक ?
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्थाले नाफा र आम्दानी दुवै बढाएको छ । संस्थाले दोस्रो त्रैमाससम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले १७ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले ९४ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन  अघिल्लो आवको तुलनामा २८.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७४ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै संस्थाले १२ करोड ५१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी १२.१९ प्रतिशतले बढेको छ । संस्थाले ८१ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा २९ करोड ३४ लाख रुपैयाँबराबर रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले कर्मचारीका लागि ४० करोड ५३ लाख र अन्य सञ्चालनका लागि १० करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा  अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ ६० करोड ७६ लाख रुपैयाँबाट बढेर ७२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब ३४ करोड रुपैयाँबाट बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको चुक्तापूँजी १ अर्ब ३४ करोड र वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म ११ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २५ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यो अवधिमा संस्थाको वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी ५३.९१ रुपैयाँ रहेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ३१ करोड २ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । खराब कर्जा अनुपात २.९५ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५८.८० रुपैयाँ, प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २ हजार १६४.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.६० गुणा र तरलता अनुपात ८.९४ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.