मर्जरको प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । गत साउन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभा मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ ।

