सोमबार, श्रावण २५,२०८३ 12:38:19
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 12:38:19
Bizshala
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको नाफा १०४ प्रतिशतले वृद्धि, ईपीएस ३२.४० रुपैयाँ पुग्यो

सिवाईसी नेपाल लघुवित्तको नाफा १०४ प्रतिशतले वृद्धि, ईपीएस ३२.४० रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म नाफा,आम्दानी र ईपीएस बढाउनुका साथै खराब कर्जा अनुपात घटाएको छ ।  

यो अवधिमा संस्थाको खुद नाफा १०४.५८ प्रतिशतले बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएसँगै नाफामा सुधार आएको हो । दोस्रो त्रैमाससम्म संस्थाले १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.९९ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद सञ्चालन आम्दानी पनि ३०.३२ प्रतिशतले बढेर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड ३३ लाख र अन्य सञ्चालनका लागि ३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ बढेर ५ करोड ७७ लाख पुगेको छ । रिजर्भको आकार भने ३३ करोड ८८ लाख रुपैयाँबाट घटेर ३४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । यो अवधिमा संस्थाले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवमा ४.७ठ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.३५ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५.८४ रुपैयाँ रहेको ईपीएस बढेर ३२.४० रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६७.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४८.०५ गुणा र तरलता अनुपात ८.३९ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.