सोमबार, श्रावण १८,२०८३ 03:36:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:28
Bizshala
Global IME Bank Limited

नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयारः सञ्चारमन्त्री गुरुङ

नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयारः सञ्चारमन्त्री गुरुङ
New Office

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।  

 

बिहीबार काठमाण्डौमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिए । उनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए ।

सञ्चारमन्त्री गुरुङले भने, ‘‘आइटी क्षेत्र भर्खर सुरु गरेका छौं । आइटी क्षेत्रलाई आइटी हबका रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ । तपाईंहरू मेहनत र हिम्मतका साथ काम गर्नुस् । नेपाललाई आइटी हबको रूपमा चिनाउनु पर्छ ।’

सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास रहेको बताए । उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजस्व बढाउन सक्ने उल्लेख गरे । उनले नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताए ।

‘‘सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने भनेका छौं । नाष्ठका वैज्ञानिक भेट हुनुभएको थियो । नेपालका वैज्ञानिकहरूले बनाएको डिजाइन गरेको ५० किलो ग्रामको भारतको पनि सहयोगमा प्रक्षेपन गर्दैछौं भन्नुभयो । यो हाम्रो सुरुवात हो ,’ सञ्चारमन्त्री गुरुङले भने, ‘‘काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ । यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास छ । सरकारले ल्याएको अध्यादेश प्रभाव बनाउँछ ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.