नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयारः सञ्चारमन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार काठमाण्डौमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार...