काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई नेपालमा दर्ता हुनका लागि ७ दिनको अल्टिमेटम दिएका छन् । मन्त्री गुरुङले यदि यो समयभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
सरकारले मेटालाई दर्ता हुन प्रकाशित हुन सूचनको मिति केही दिनअघि सकिएसँगै मन्त्री गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।
उनले शुक्रबार काठमाण्डोमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै पटक–पटक दर्ता हुन आग्रह गरेपनि अटेर गरेकाले अब प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताए । यस्ते उनले मेटाले नेपालबाट पैसा लगिरहेकाले मेटा कम्पनी नेपालमा दर्ता भई करको दायरमा आउनु पर्ने बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।