सोमबार, श्रावण २५,२०८३ 11:09:04
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:09:04
Bizshala
Global IME Bank Limited

सिईडिबी होल्डिङ्सको नाफामा २९०% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार

सिईडिबी  होल्डिङ्सको नाफामा २९०% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार
New Office

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९०.५८ प्रतिशतले बढी हो ।  

कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत २३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२४.३२ प्रतिशतले बढी हो ।  

कम्पनीको जम्मा खर्च भने ३८.९० प्रतिशतले बढेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले १ करोड ३८ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ६० करोड ४ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ५४ करोड २३ लाख र ८ करोड ४३ लाख जम्मा चालु दायित्व रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४०.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १५८.०६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.२१ गुणा रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.