सोमबार, श्रावण १८,२०८३ 10:36:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:36:45
Bizshala
Global IME Bank Limited

आल्मुनियम महङ्गो पर्ने भएपछि कोकाकोलाले प्लास्टिकको बोतलको प्रयोग बढाउने

आल्मुनियम महङ्गो पर्ने भएपछि कोकाकोलाले प्लास्टिकको बोतलको प्रयोग बढाउने
New Office

काठमाण्डौ । कोकाकोलाले अमेरिकामा प्लास्टिकका बोतलहरुको प्रयोग बढाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेसँगै आल्मुनियम क्यान महङ्गो पर्ने भएपछि कोकाकोलाले प्लास्टिकको बोतलको प्रयोग बढाउने भएको हो ।  

यसको जानकारी कोकाकोलाका सीईओ जेम्स क्इनसेले लगानीकर्तालाई दिएका हुन् । ट्रम्पले अमेरिकामा आयात हुने आल्मुनियम तथा स्टिलमा २५ प्रतिशत भन्सार शुल्क लगाउन निर्देशन दिएका छन् । यससँगै अब अमेरिकामा क्यान्ड खाद्यान्न र पेय पर्दाथको मूल्य बढ्ने निश्चित भएको छ ।  

कोकाकोलाले गत डिसेम्बर महिनामा आफ्नो प्याकेजिङमा  रिसाइकल्ड पदार्थको प्रयोगको लक्ष्यलाई घटाएको थियो । कम्पनीले सन् २०३० मा ५० प्रतिशत रिसाकल्ड पदार्थको प्रयोगलाई घटाउदै सन् २०३५ सम्म ३५ देखि ४० प्रतिशतमा झारेको थियो ।  

वातावरणविदहरुले कोकाकोलालाई लगातार ६ वर्ष विश्वको शीर्ष प्लास्टिक प्रदुषणकर्ताको रुपमा राखेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.