काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने ५.२५ प्रतिशतले घटेदै ११ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले आफ्नो खर्च घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको खर्च घटेर ५ करोड ८६ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भको आकार २७.७३ प्रतिशतले बढ्दै १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)७.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.८० गुणा र तरलता अनुपात १.६७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।