सोमबार, असार २,२०८२ 10:08:22
  • सोमबार, असार २,२०८२ 10:08:22
Global IME Bank Limited

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव

Hyundai Nepal
बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
Nabil Bank Limited

काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन ।  

वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले पत्रमा अरु लोभी बन्दा आफु भयभीत बन्न र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाएका छन् । बफेटले चर्चा गरेका १५ सिद्धान्त यस्ता छन्ः

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१.धैर्यले दिने गर्छ फल

सेयर बजारमा धैर्यर्ताको एकदमै ठूलो महत्व हुने गर्छ । बफेटका अनुसार सेयर बजार धैर्यवान व्यक्तिसम्म पैसा पुर्याउनका लागि डिजाइन गरिएको हुन्छ । बफेटले लगानीकर्तालाई सेयर बजारमार्ताका धैर्यताका साथ चल्न सुझाव दिएका छन् ।  

२.दीर्घकालिन सोच

बफेटले लगानीकर्तालाई लामो अवधिको सोच बनाएर सेयर बजारमा लगानी गर्न सुझाव दिएका छन् । अल्पकालीन लगानी क्षणिक हुने तर दीर्घकालको लगानी टिकाउ र निश्चित हुने बफेटको भनाई छ ।  

३.परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुस्

एउटा कुनै कम्पनीको सेयर बढी मूल्यमा खरिद गर्नुको साटो वित्तीय प्रतिवेदनका आधारमा सहि मूल्य भएको कम्पनीको सेयरमखरिद गर्न बफेटले सुझाव दिएका छन् ।  

४.आफ्नो लगानीलाई बुझ्नुस्

आफुले गरेको लगानीका बारेमा थाहा नपाउँदा सेयर लगानीकर्ताले गुमाउने गरेको बफेटको निष्कर्ष छ । उनले लगानीकर्तालाई आफ्नो लगानीको महत्वबारे बुझ्न र लगानीले जीसवनमा पार्न सक्ने प्रभावको बारेमा बुझेर लगानी गर्न भनेका छन् । उनले लगानीको बारेमा समय–समयमा थाहा पाइराख्न सुझाव दिएका छन् ।  

५.व्यापारमा गर्नुस लगानी,टिकर्स(कारोबार अवधिभर देखाई रहने कम्पनीको सेयरमूल्य)मा होइन  

बफेटले राम्रो आम्दानी भएको कम्पनीमा लगानी गर्नुपर्ने बताएका छन् । उनले टिकर्समा लगानी लाभदायी नहुने बताएका छन् । उनले राम्रो व्यवस्थापन भएको कम्पनीमा रहेको स्वामित्वलाई बिक्री नगर्न लगानीकर्तालाई टिप्स दिएका छन् ।  

६.आफ्नो क्षमताको दायरा कायम गुर्नस्  

तपाईलाई कुनै कम्पनी विशेष वा कयौँ कम्पनीको विशेषज्ञ हुन आवश्यक छैन । तपाई केवल आफ्नो क्षमताको हिसाबले कम्पनीहरुको मूल्यांकन गर्न सक्षम हुन आवश्यक हुने बफेटको धारणा छ ।  

७.ऋणबाट सावधान रहनुस्  

बफेटले ऋण लिएर लगानी गर्नबाट जोगिन सुझाब दिएका छन् । जब तपाईले ऋण लिएर लगानी गर्नुहुन्छ र तपाईलाई फाइदा हुन्छ भने यसमा कसैको पनि ध्यान जादैन । तर जब तपाईले घाटा व्यहोर्नुहुन्छ तब सबैको ध्यानमा यसमा पर्ने गर्छ । यसले तपाईलाई समस्यामा पार्न सक्छ । त्यसैले ऋण लिनबाट बच्न बफेटले सुझाव दिएका छन् ।  

८.धेरै डाईभर्सिभाइडबाट बच्नुहोस्  

लगानीकर्तालाई जब आफु के गरिरहेको छु भन्ने थाहा हुँदैन तब यसले आफनो पोर्टफोलियोलाई धेरै डाइभर्ट गर्ने गर्छ । त्यसैले सोचेर गरिएको लगानीमा धेरै डाईभर्सीफाइड हुन आवश्यक नरहेको बफेटको तर्फ छ ।  

९.जब अरु लोभी बन्छन् तपाई भयभीत हुनुस्,जब अरु भयभीत हुन्छन् तपाई लोभी बन्नुस्

लगानीका लागि यो सिद्धान्त एकदमै महत्वपूर्ण रहेको बफेटले बताएका छन् । अरु लोभी बनेका बेला आफुभित्र डर वा आशंका हुनुपर्ने र अरु डराएका बेला आफु लोभी बन्नुपर्ने बफेट बताउँछन् । यसो गर्दा सेयर बजारबाट कमाउन सजिलो हुने उनी बताउँछन् ।  

१०.आन्तरिक मूल्यमा ध्यान दिनुस्  

लागत त्यो हो,जो तपाई तिर्नुहुन्छ । मूल्य त्यो हो जो तपाईले पाउँनुहुन्छ । त्यसैले लगानीकर्तालाई कम्पनीको आन्तरिक मूल्यमा ध्यान दिन बफेटले सुझाव दिएका छन् ।  

११.बजारको उतार चढावमा ध्यान नदिनुस्

बफेटका अनुसार भगवानले जस्तै सेयर बजारले पनि ती व्यक्तिलाई मदत गर्छ,जुन व्यक्तिले आफ्नो मदत स्वयम गर्न सक्छ । तर भगवानको विपरीत बजारले ती व्यक्तिलाई माफ गर्दैन जसलाई आफु के गरिरहेको छु भनेर आत्मबोध हुँदैन ।  

१२.बजारलाई समय नदिनुस्  

बफेटका अनुसार सफल लगानीकर्ताले बजारमा सक्रिय रहेर भन्दा पनि शान्त र सालिन भएर पैसा कमाउन सक्छन् । लगानीकर्तामा देखिने अस्थिरताका कारण उनीहरुले पैसा गुमाउने गरेको बफेट बताउँछन् ।  

१३.आफ्नो क्षमतको अधिनमा रहनुस्  

नियम नम्बर १ः कहिल्यै पैसा ननगुमाउनुस् । नियम नम्बर २ः नियम नम्बर एकलाई कहिल्यै नबिर्सनुहोस् । अरुको लहलहैमा लागेरभचन्दा पनि आफ्नो क्षमताभित्र रहेर लगानीगर्नुपर्नेमा  बफेटको जोछ छ ।  

१४.तर्कसंगत रहनुस्

कम मूल्यको सबैभन्दा आम कारण निराशावाद हो । लगानीकर्ताले केहिलेकाँही कम्पनी वा समग्र पूँजीबजारप्रतिको धारणा व्यापक बनाउनुपर्ने हुन्छ । जडशुत्रबादी बन्यो भने यसले समस्यामा पर्ने बफेटको धारणा छ । तर्कतसंगत ढंगले सेयर बजारमा लगानी गर्न र तर्फसंगत ढंगले कारोबार गर्न बफेटले लगानीकर्तालाई पत्रमा उल्लेख गरेका छन् ।  

१५. विनम्र रहनुस् र सिक्दै गर्नुस्

उतारथढावपूर्ण सेयर बजारमा लगानीकर्ताले जस्तोसुकै परिस्थितीमा पनि विनम्र रहन आवश्यक हुन्छ । यस्तोमा बजारमा चालिएका प्रत्येक पाइलामा केहि न केहि  नयाँ सिक्दै अघि बढ्नुपर्छ ।  

बफेट विश्वका छैटौँ धनी व्यक्ति हुन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.