आईतवार, बैशाख ७,२०८२ 04:28:50
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:28:50
IME remit
Global IME Bank Limited

त्रिशक्ति सेक्युरिटिजद्वारा ललितपुरमा शाखा विस्तार, सही विश्लेषण गरेर लगानी गर्न नेप्से अध्यक्ष पौडेलको सुझाव

Hyundai Nepal
त्रिशक्ति सेक्युरिटिजद्वारा ललितपुरमा शाखा विस्तार, सही विश्लेषण गरेर लगानी गर्न नेप्से अध्यक्ष पौडेलको सुझाव
Nabil Bank Limited

काठमाण्डौ। धितोपत्र दलाल व्यवसायी त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं.)४८ को नयाँ शाखा विस्तार भएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ललितपुर शाखा कार्यालय उद्घाटन गरेको हो ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यष शोभाकान्त पौडेल विशेष अतिथि रहेको उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं। ५ का वडाध्यक्षसहित लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

त्रिशक्ति सेक्युरिटिजको ललितपुर शाखा कार्यालय विस्तारको शुभकामना दिदैं अध्यक्ष पौडेलले उक्त शाखामार्फत ललितपुर नगरका लगानीकर्ताहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।  

Shivam Cement
Bizshala
CG Motors

साथै उनले ब्रोकर कम्पनीको शाखा विस्तारले नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए । ‘यो शाखा विस्तारले ललितपुर आसपासका लगानीकर्तालाई सहज हुने विश्वास छ’ उनले भने, ‘ब्रोकर कम्पनीको शाखा सञ्जाल बढ्दा कारोबार बृद्धिसँगै यसले नेपालको समग्र अर्थतन्त्र सुधारमा टेवा पुग्ने देखिन्छ ।’

साथै अध्यक्ष पौडलले सहभागी लगानीकर्तालाई सेयर खरिदबिक्री गर्दा ध्यान दिनुपर्ने सुझाव समेत दिए । ‘पछिल्लो समय सेयर कारोबारमा लगानीकर्ताहरु ध्यान दिदैनन् त्यसले लगानीकर्ताको लगानी जोखिम हुन सक्ने सम्भावना बढ्छ’ उनले भने, ‘लगानी गर्नुस् तर कसैको लहैलहैमा नलागी कम्पनीको सहि विश्लेषण गरेर मात्रै लगानी गर्न म सुझाव दिन्छु ।’

साथै त्रिशक्ति सेक्युरिटिजका अध्यक्ष टंकप्रसाद गौतमले उक्त शाखामार्फत लगानीकर्तालाई धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण सेवाहरु सहज ढंगबाट उपलब्ध गराउने बताए ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

कम्पनीले विभिन्न ठाउँमा फेयर मार्केट प्राक्टिसका लागि शाखा विस्तार गर्दै आएको उनले बताए । ‘यो ब्रोकरले कुनै पनि लगानीकर्तालाई दया माया गर्दैन है भन्ने इमेज बनाएको छ, त्यसरी नै नगरी फेयर मार्केट प्रास्टिसलाई अघि बढाउने हाम्रो एजेण्डा छ’ उनले भने, ‘साथै टेक्नोलोजिका रुपमा त्रिशक्ति सेक्युरिटिज अग्रणी संस्था हो, हामीले बजारमा आएका जतिपनि टेक्नोलोजिकल एडभान्समेन्ट छन् सबै हाम्रो नेतृत्वमा नै अगाडी गएका छन् र भोलिका दिनमा पनि जानेछन् भन्ने विश्वास छ ।’

त्रिशक्ति सेक्युरिटिजले सबै सेक्टरका व्यक्तिहरुलाई एकबद्ध बनाएको उनले बताए । ‘पछिल्लो समय सेयरबजार सबैको लागि अनिवार्य जस्तै भइसकेको छ, हाम्रो कार्यालयमा छिरिसकेपछि सहज ढंगबाट खाता खोलेर कारोबार गर्न सक्नुहुनेछ’ उनले भने, ‘लगानीकर्ताको सहजतालाई हामी ध्यानमा राखेर अघि बढ्नेछौं, आम लगानीकर्ता अघि बढेमात्रै त्रिशक्ति सेक्युरिटिज पनि अघि बढ्नेछ ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.