काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रञ्जित नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रञ्जितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
रञ्जितले फागुन ११ गते पद बहाल ग्रहण गरेको कम्पनीले जनाएको छ । उनी संस्थापक सेयरधनी सिजी फुड्स(नेपाल)लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।