सोमबार, फाल्गुन १२,२०८१ 07:43:21
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 07:43:21
IME remit
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तद्वारा दुई शहरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेरुडे मिर्मिरे लघुवित्तद्वारा दुई शहरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा चितवनको भरतपुर शाखा र नवलपुरको रजहर शाखामावित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। संस्थाले वित्तीय पहुँच विस्तार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका बुद्धिजीवी, वित्तीय विज्ञहरू, तथा संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भरतपुर शाखाले यहि फागुन १० गते, शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा भरतपुर शाखा तथा दिब्यनगर शाखाका सदस्यहरू, स्थानीय भद्रभलादी, तथा संस्थाका वरिष्ठ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

कार्यक्रममा वित्तीय साक्षरता, बचतको महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १६ का कार्यवाहक अध्यक्षदुर्गा सोडारी रेग्मीले बैंक तथा वित्तीय संस्थाहरूको भूमिका, कर्जाको सदुपयोग, तथा वित्तीय अनुशासनको महत्वबारे प्रकाश पारेका थिए ।

त्यसैगरी रजहर शाखाले आइतबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्यो। गैंडाकोट नगरपालिका वडा नं. १४ की अध्यक्ष कोकिसरा रानामगर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रहरी प्रशासनका पदाधिकारी तथा वित्तीय विशेषज्ञहरूको उपस्थिति रहेको थियो।  

दुबै स्थानमा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक उमा जोशी बोहराले वित्तीय साक्षरताका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरूलाई बचत, कर्जा सदुपयोग, बीमाको महत्व, वित्तीय संस्थासँगको अनुशासन, तथा नियामकीय प्रक्रियाहरूसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।

Sagarmatha Cement

दुबै कार्यक्रमको औपचारिक शुभारम्भ प्रभातफेरीमार्फत गरिएको थियो, जसमा जसमा सहभागीहरूले वित्तीय सचेतना सम्बन्धी नारासहित स्थानीय बजार परिक्रमा गरेका थिए।

संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आगामी दिनहरूमा पनि विभिन्न शाखाहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको छ। संस्थाले वित्तीय साक्षरताको माध्यमबाट समुदायका सदस्यहरूलाई दिगो वित्तीय व्यवस्थापन, बचत, लगानी तथा कर्जा व्यवस्थापनसम्बन्धी सचेत बनाउन निरन्तर क्रियाशील रहने बताएको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.