काठमाण्डौ । सरकारले ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्ताका लागि बोलाएको छ । गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एंव वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’ बार्ता टोली संयोजक एवम् मन्त्रालयका सह सचिव भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै विज्ञपतीमा पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच गत माघ २२ गते देखी निरन्तर रुपमा वार्ता एवं संवाद भई रहेको जनाइएको छ ।
यसअघि माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्दै ६ बुँदे सहमति भएको थियो ।