सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
काठमाण्डौ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा हालसम्म भएका कामकारबाहीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारङ्गा सुवेदीको गत चैत १३ गतेइजलासले यस्तो आदेश दिएको हो । तर उक्त आदेश आइतबार सार्वजनिक गरिएको छ । यस्तै उक्त इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन समेत आदेश दिएको छ ।