काठमाण्डौ । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाण्डौस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के.ल्याब)बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा दिदै आएको छ ।