काठमाण्डौ । जस्टिन ट्रुडो पछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। कार्नी बेलायत र क्यानडाका केन्द्रीय बैंकको प्रमुख भइसकेका छन् ।
तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सहजै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट आगामी आम निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।
जस्टिन ट्रुडोमाथि आफ्नै पार्टीभित्रबाट राजीनामा दिन दबाब बढ्दै गएपछि उनले नौ वर्षसम्म प्रधानमन्त्री पदमा रहेर जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, ‘हामीले अब भरोसा गर्न नसक्ने देशका कारण काला दिनको सामना गरिरहेका छौं ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्देश दिँदै कार्नीले भने , ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म उनीहरूले अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउन जारी राख्ने छौं। ’