आईतवार, असार २२,२०८२ 07:47:48
  • आईतवार, असार २२,२०८२ 07:47:48
Global IME Bank Limited

बेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन

Hyundai Nepal
बेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४२ प्रतिशत र सर्वसाधारण समूहको ४८.५८ प्रतिशत कायम भएको छ ।  

यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.४२ प्रतिशत र सर्वसाधारण समूहको ३८.५८ प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको कम्पनीले जनाएको छ । कम्पनीको गत कात्तिक १४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट सेयर संरचना अनुपात परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको गत माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई प्रक्रियामा जानका लागि आफ्नो सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा संस्थापक सेयरधनीका लागि ७ दिने सूचना जारी गरेको थियो । संस्थापक सेयरधनीहरुबाट सेयर परिवर्तन नगर्ने सम्बन्धमा कुनै निवेदन नपरेकाले सो सेयर स्वामित्व संरचना परिवर्तनका लागि संस्थापक सेयरधनीहरुको चैत ५ गते मंगलबारसम्मको रेकर्डमा गणना गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीबाट सेयर नामसारी(सेयर खरिद बिक्री,घरायसी नामसारी,मृत्यु नामसारी,अंशबण्डा आदि)स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सबै सेयरधनीलाई  सेयर नामसारी गरिसक्ने कम्पनीले आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.