मंगलवार, श्रावण १९,२०८३ 12:05:57
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:05:57
Bizshala
Global IME Bank Limited

बेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन

बेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन
New Office

काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४२ प्रतिशत र सर्वसाधारण समूहको ४८.५८ प्रतिशत कायम भएको छ ।  

यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.४२ प्रतिशत र सर्वसाधारण समूहको ३८.५८ प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको कम्पनीले जनाएको छ । कम्पनीको गत कात्तिक १४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट सेयर संरचना अनुपात परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।  

यस्तै कम्पनीको गत माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई प्रक्रियामा जानका लागि आफ्नो सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा संस्थापक सेयरधनीका लागि ७ दिने सूचना जारी गरेको थियो । संस्थापक सेयरधनीहरुबाट सेयर परिवर्तन नगर्ने सम्बन्धमा कुनै निवेदन नपरेकाले सो सेयर स्वामित्व संरचना परिवर्तनका लागि संस्थापक सेयरधनीहरुको चैत ५ गते मंगलबारसम्मको रेकर्डमा गणना गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीबाट सेयर नामसारी(सेयर खरिद बिक्री,घरायसी नामसारी,मृत्यु नामसारी,अंशबण्डा आदि)स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सबै सेयरधनीलाई  सेयर नामसारी गरिसक्ने कम्पनीले आग्रह गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.