मंगलवार, असार ३,२०८२ 01:14:23
  • मंगलवार, असार ३,२०८२ 01:14:23
Global IME Bank Limited

पुमाले विश्वभरबाट ५ सय कर्मचारी निकाल्ने, केही स्टोरहरु समेत बन्द गर्ने

Hyundai Nepal
पुमाले विश्वभरबाट ५ सय कर्मचारी निकाल्ने, केही स्टोरहरु समेत बन्द गर्ने
Nabil Bank Limited

काठमाण्डौ । चर्चित स्पोर्टवेयर ब्राण्ड,‘पुमा’ ले विश्वभरबाट ५ सय कर्मचारी कटौती गर्ने भएको छ । यसका साथै कम्पनीले अमेरिकी ग्राहकको अनिश्चित मागका कारण केही नाफामा जान नसक्ने स्टोरहरु समेत बन्द गर्ने भएको छ ।  

कम्पनीको निराशाजनक त्रैमासिक तथा वार्षिक प्रतिवेदन सार्वजनिक भएसँगै सेयरमूल्यमा २३ प्रतिशतको गिरावट आएको छ । जसको परिणामस्वरुप कम्पनीले कर्मचारी कटौती र स्टोर बन्द गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका सीईओ आर्ने फ्युडेन्टले अमेरिकाका लक्षित ग्राहकवर्गले बढ्दो अनिश्चितताका कारण खर्चमा कटौती गरिरहेको बताए । कम्पनीको कमजोर त्रैमासिक बिक्री र निराशाजनक वार्षिक नाफाका कारण प्रतिष्पर्धि कम्पनी एडिडास र नाइकीसँग प्रतिष्पर्धामा पछि पर्ने चिन्ता उत्पन्न भएको छ । यसका साथै नयाँ उदयिमान ब्राण्डहरु अन रनिङ र होकाले समेत कम्पनीलाई चुनौति दिईरहेका छन् ।  

यस्तै १० प्रतिशत चिनियाँ उत्पादन कम्पनीले अमेरिकामा निर्यात गर्दै आईरहेको छ । जसमा ट्रम्पले अब भन्सार शुल्कको व्यवस्था गरेका छन् । यसका कारण पुमाले आफ्ना आपूर्तिकर्तालाई चीनबाट बाहिरिएर इन्डोनेशियमा सिफ्ट हुन आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.