शुक्रबार, जेष्ठ १,२०८३ 03:54:03
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:54:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’

Laxmi Sunrise Bank Limited
‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’
Shivam Cement

काठमाण्डौ । प्रभू बैंकमा बिलय भएको सेञ्चुरी कमर्सियल बैंकका २ पूर्व सीइओसहितका १० जना बैंकरलाई पक्राउ गरिएको विषयमा प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केन्द्रीय बैंकसँग कुनै समन्वय नगरेको पाइएको छ ।  

बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकका दुई उच्च अधिकारीले यस्तो खुलासा गरेका हुन् ।  

सीआइबीले संकटग्रस्त देउराली सहकारी संस्थालाई कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको प्रकरणमा संलग्नता रहेको भन्दै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीइओहरु तुल्सी गौतम र मनोज न्यौपानेसहित १० जनालाई मंगलबार नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध ७ दिन थुनामा राखी अनुसन्धान गर्न भन्दै अदालतले मंगलबार नै अनुमति दिइसकेको छ । 

Bizshala
New Office
CG Motors

बैंकिङ कसूरअन्तर्गत पक्राउ गरिएका गौतम र न्यौपानेसहितलाई पक्राउ गर्नुअघि केन्द्रीय बैंकसँग सीआइबीले कुनै पनि समन्वय नगरेको पाइएको हो ।  

यो केस हामीले सीआइबीलाई रेफर गरेको होइन । सहकारीमा भएको फ्रडको अनुसन्धान गर्ने क्रममा सीआइबीले उहाँहरुलाई नियन्त्रणमा लिएको हो । नाम नखुलाइदिन आग्रह गर्दै राष्ट्रबैंकका ती उच्च अधिकारीले बिजशालासँग भने ः हामी सबैले सीआइबीलाई अनुसन्धानमा सहयोग गर्नुपर्छ । राम्रो काम गर्ने र आफ्नो ठाउँमा सही बैंकरले अनुसन्धान हुँदैमा र पक्राउ पर्दैमा डराइहाल्नुहुँदैन । धैर्यतापूर्वक आफ्ना कुरा राखौं र अनुसन्धानलाई सहयोग गरौं ।  

अर्का अधिकारीले कतिपय बैंक तथा वित्तीय संस्थामा बग्रेल्ती कमीकमजोरी रहेको स्वीकार गर्नुपर्ने र गलत गर्नेलाई कारबाही हुन खोज्दा अत्तालिन नहुने दाबी गरे । ‘राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दुरुत्साहन गर्न सबैले सहयोग गर्नुपर्छ ।’ ती अधिकारीले भने ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X